दफा ४५४
हकसफा गरेको मानिने

कसैले आफ्नो हक, भोग र स्वामित्वको कुनै अचल सम्पत्ति अन्य व्यक्तिलाई कुनै किसिमले हक हस्तान्तरण गरी दिएकोमात्यस्तो सम्पत्तिको सन्धिसर्पन पर्ने व्यक्तिले यस परिच्छेद बमोजिम निखनी लिएमा हकसफा गरेको मानिनेछ ।

स्पष्टीकरणः: यस परिच्छेदको प्रयोजनको लागि “सन्धिसर्पन” भन्नाले कुनै व्यक्तिको घर वा जग्गासंँग हक हस्तान्तरण गरी दिएको अर्को व्यक्तिको साँध जोडिएको घर वा जग्गा नभएको कारणबाट कुलो पानी, बाटो निकास आदि बन्द हुने अवस्था समेत सम्झनु पर्छ ।